काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेका हुन्।
प्रधानमन्त्री ओलीले पनि सोही दिन आफ्नो राजीनामाको घोषणा गरेका थिए।
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्रीको राजीनामा अब औपचारिक रूपमा मान्य भएको छ।
यसैबीच, देशभर जारी जेनजी आन्दोलन पनि अझ चर्किँदै गएको छ। सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ।