काठमाण्ठौ । नेपाली सेनाले वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले बुधबार बिहान ८ बजेभित्र नाम उपलब्ध गराउन जेनजी समूहसँग आग्रह गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका थिए। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि मंगलबार राती भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए।
वार्ताको ढाँचा र निकासको मार्गचित्र भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।