काठमाण्डौ । नेपाली सेनाले अन्तरिम सरकार गठनको प्रक्रियालाई अगाडि बढाएको छ ।
नेपाली सेनाको टोलीले उच्च सैनिक सुरक्षासहित पूर्व प्रधानन्यायाधीश तथा जेनजीको तर्फबाट अन्तरिम सरकारको नेतृत्वका लागि सिफारिस नाम सुशीला कार्कीलाई भर्खरै जंगीअड्डा पुर्याइएको छ ।
कार्कीसँगै राजावादी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि सेनाले उच्च सुरक्षासहित जंगीअड्डा लगेको छ।
जंगीअड्डाभित्र कार्की र प्रसाईंलाई मात्र जान दिइएको छ ।
बाहिर निकै ठूलो संख्यामा युवाहरु सेनाको निर्णय कुरेर बसेका छन् । जेनजीका प्रतिनिधि दाबी गर्नेहरु पनि त्यहाँ पुगेका छन् । तर, सेनाले कार्की र प्रसाईंबाहेक कसैलाई पनि भित्र प्रवेश गर्न दिएको छैन ।