काठमाण्डौ । नेपालको प्रमुख व्यापारिक नाफा वीरगञ्जमा अत्यावश्यक वस्तुको जाँचपास सुरु भएको छ । जेनजी आन्दोलनका कारण ठप्प भएको वीरगञ्ज भन्सार कार्यालयले बिहिबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु गरेको हो ।
आन्दोलनका कारण कार्यालयमा भौतिक तथा मानविय क्षति नभएका कारण काम सुचारु गर्न सहजता भएको जनाइएको छ । पूर्ववत आवस्थामा फर्कन केही समय लाग्ने भएतापनि हाललाई नियमति कार्यहरु सञ्चालन गर्ने तयारी कार्यालयको छ ।