काठमाण्डौ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र अप्रिय घटनाका तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंक पठाउन आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै आमजनसुमदायलाई यस्तो आग्रह गरेको हो ।
भदौ २३ र २४ गते काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट र आम सर्वसाधारणमा त्रास सिर्जना हुने अन्य किसिमका विविध घटनाहरुसँग सम्बिन्धत तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंकहरु तपाइहरुसाग छ भने कृपया हामीलाई [email protected]मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दुछौं,’ प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रहरीले यसरी जानकारी उपलब्ध गराउनेको गोपनियता कायम गरिने समेत जनाएको छ ।