IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 03:08:36
IME remit
Global IME Bank Limited

आठ दलको संयुक्त माग-'प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता होस्'

Hyundai Nepal
आठ दलको संयुक्त माग-'प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता होस्'
Shivam Cement

काठमाण्डौ । प्रतिनिधि सभा विघटनको निर्णयप्रति आपत्ति जनाउँदै आठ राजनीतिक दलले तत्काल निर्णय फिर्ता लिएर संसद बैठक बोलाउन सरकारलाई आग्रह गरेका छन्।

सामूहिक विज्ञप्ति जारी गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

संयुक्त विज्ञप्तिमा भनिएको छ :“नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक र असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधि सभाको विघटन गरिएको छ।”

दलहरूले जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान सभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।

CG Motors
Muktinath Bikas Bank Limited

नेता सचेतकहरूको ठहरमा जननिर्वाचित संस्था प्रतिनिधि सभाको विघटन संविधानको धारा ७६ (७), सर्वोच्च अदालतका नजीर तथा सिद्धान्त र नेपालको संवैधानिक परम्परा विपरीत छ।

“यस्तो कार्यले जनमतको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चतामाथि प्रहार गरेको छ,” विज्ञप्तिमा उल्लेख छ।

आठ दलले विघटनको निर्णय फिर्ता लिएर तत्काल संसद बैठक बोलाउन जोड दिएका छन्।

उनको भनाइमा, आन्दोलनरत समूह र जनताका मागलाई समाधान गर्ने एकमात्र बाटो संविधान र जननिर्वाचित संस्थामार्फत हो।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.