• शनिबार, भाद्र २८,२०८२ 08:21:01
Global IME Bank Limited

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने मागमा एमालेको सहमति

Hyundai Nepal
भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने मागमा एमालेको सहमति

काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले उठाएका प्रमुख माग भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा एमालेले समर्थन जनाएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महासचिव शंकर पोखरेलले केहीबेरअघि एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले कसैबाट भएको कुनै पनि प्रकारको भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा आफ्नो दलको विमति नरहेको प्रष्ट्याएका हुन् ।  

उनले भदौ २३ र २४ गतेका घटनाहरुको निष्पक्ष र गहिरो छानबिन गरी दोषीहरुलाई कानूनी कारबाहीमा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने विषयमा समेत एमालेले सहमति जनाएको छ । 

यी दुवै खालका आयोगलाई सहयोग गर्न एमाले तयार रहेको महासचिव पोखरेलको भनाई छ ।  

सोही विज्ञप्तिमा एमालेले संसद विघटन भने गैरसंवैधानिक रहेको भन्दै यसलाई स्वीकार नगर्ने दाबी गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.