काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी पार्टीबाट बाहिरिएका छन् । चौधरीले फेसबुकमार्फत आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
यस्तै उनले नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा समेत गरेका छन् ।
उनले राजनीतिक पार्टी बिना आफू बच्न नसक्ने बताउँदै आफ्नो अभियानमा जोडिन आउनेलाई स्वागत गर्ने समेत बताए । उनले देशको उन्नती चाहनेहरुसँग हातेमालो गर्दै अघि बढ्ने योजना बनाउने बताए । ‘म आजबाट नयाँ दल र संगठनको स्थापना गर्न चाहन्छु,’ उनले बताए ।
उनी पार्टीको काम कारवाहीबाट आजित भएर यस निर्णयमा पुगेको समेत बताए । उनले आफ्नो चुनाव चिन्ह पहिचानकै चुनाव चिन्ह हुने बताउँदै आफूलाई राजनीति गर्ने कानूनी अधिकार भएको बताए ।
उनले जेनजीको आन्दोलनलाई खेलाची नठान्न समेत चेतावनी दिए । ‘जेनजीको आन्दोलन मरिसकेको छैन । यसलाई खेलाची नठान्नु्, यो खरानीमुनि लुकेको आगो जस्तै छ । जेनजीको भावना राष्ट्र प्रेम हो । हामी राष्ट्रका लागि पुन्रः जुरमुराउने छौं ’ उनले भने ।