बिहीबार, श्रावण २१,२०८३ 06:27:15
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 06:27:15
Bizshala
Global IME Bank Limited

बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी

बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी
New Office

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन शाह)को कानूनी सल्लाहकारको रुपमा लामो समयदेखि काम गरिरहेका अधिवक्ता ओमप्रकाश अर्याल पनि मन्त्री बन्ने भएका छन् ।  

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्री बन्न आग्रह गरे पनि उनले लिने मन्त्रालयको विषयमा कुरा मिलिरहेको थिएन । अर्याल आफैंले पनि अहिले नै मन्त्री बन्ने वा अन्तरिम सरकारले गराउने चुनावमा सहभागी भएर जनप्रतिनिधि बन्ने भन्ने विषयमा टुंगो दिएका थिएनन् । 

तर आइतबार दिउँसोदेखि निकै लामो चलेको छलफलका क्रममा गृहमन्त्रालय समेत पाउने भएपछि अन्तरिम मन्त्रिपरिषदमा सहभागी हुन अर्याल सहमत भएका हुन् । उनलाई प्रधानमन्त्री कार्कीले गृह र कानूनमन्त्री नियुक्त गरेकी छिन् ।  

उनले जेनजी आन्दोलनपछि राष्टपतिसँग भएका प्रत्येक वार्तामा सक्रियतापूर्वक सहभागिता जनाएका थिए । उनलाई वार्ताका क्रममा बालेन शाहको प्रतिनिधिको रुपमा समेत हेरिएको थियो ।

 अर्यालसहित पूर्व अर्थसचिव रहेका डा. रामेश्वर खनाल अर्थमन्त्रीमा नियुक्त भएका छन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रीमा नियुक्त तीनजनाको सपथ भने सोमबार हुने भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.