• सोमबार, भाद्र ३०,२०८२ 10:19:09
Global IME Bank Limited

गगन थापाले भने-'महामन्त्री पद छाड्न तयार छु, संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन होस्'

Hyundai Nepal
गगन थापाले भने-'महामन्त्री पद छाड्न तयार छु, संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन होस्'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनपश्चात देश नयाँ राजनीतिक यथार्थमा प्रवेश गरेको भन्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने र संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेससहित सबै दलको भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो विस्तृत प्रस्तावमार्फत उनले समयमै निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे।

थापाले भने, “अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको हैसियतले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ र आवश्यक सहयोग गरौँ। तर कतै सरकार अलमलियो वा विचलित भयो भने कांग्रेसले खवरदारी गर्नुपर्छ।”

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले प्रतिनिधिसभा विघटनले सिर्जना गरेको संवैधानिक प्रश्न ढिलोचाँडो कानुनी रुपले निक्र्योल हुने उल्लेख गर्दै राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम रहेकोले लोकतान्त्रिक संरचनालाई जोगाउन सतर्क रहनुपर्नेमा जोड दिए।

थापाले भदौ २३ गते आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनलाई “अक्षम्य” ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानुनी कारबाहीको माग दोहोर्‍याए। भदौ २४ पछि भएको विध्वंस, आगजनी र तोडफोडका दोषीलाई पनि कानुनी दायरामा ल्याउन निरन्तर दबाब दिनुपर्ने उनको भनाइ छ।

साथै, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल सुरु गर्नुपर्ने उनले औँल्याए। नागरिक सेवामा कमी नआओस् भनेर स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न पार्टीका सबै तहलाई सक्रिय हुन उनले आग्रह गरे।

थापाले पार्टीभित्र आमूल सुधार अबको अनिवार्य आवश्यकता भएको प्रष्ट पारे। सदस्यता प्रणाली, संगठन संरचना, नेतृत्व छनोट प्रक्रिया, मुद्दा र शैली सबै क्षेत्रमा सुधार आवश्यक रहेको उनले बताए।

उनले भने, “पार्टी पुनर्गठन आजको अपरिहार्य आवश्यकता हो। आवश्यक परे म महामन्त्री पदबाट राजीनामा दिन पनि तयार छु। गल्ती स्वीकारौं, आत्ममूल्यांकन र आत्मसमीक्षा गरौं।”

थापाले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदान खेर नजाने संकल्प व्यक्त गरे। उनले भने, “जलेका संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर गुमेको जीवन फर्किँदैन। ती युवाहरूले भ्रष्टाचारमुक्त, स्वच्छ र जनमुखी राजनीतिको सपना देखेका थिए। त्यो सपना साकार पार्न हाम्रो जिम्मेवारी हो।”

समाप्तिमा उनले पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेस र अन्य दलका नेतामाथि भएको आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.