काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको स्तगित वार्षिक साधारण सभाको मिति पुनःतय गरिएको छ । भदौ २७ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने तय भएको उक्त सभा जेनजी आन्दोलनलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।
अब उक्त १० औं साधारण सभा असोज ९ गते पूर्वनिर्धारित समय र स्थानमा आयोजना हुनेछ ।
सभामा आव २०८१/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।