शनिबार, श्रावण २,२०८३ 11:57:10
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:57:10
Bizshala
Global IME Bank Limited

विशाल बजार चलाएर सेयरबजारमा सधैं चलखेल, यसरी हुन्छ नेगेटिभ सर्किट लगाउन प्रयोग

विशाल बजार चलाएर सेयरबजारमा सधैं चलखेल, यसरी हुन्छ नेगेटिभ सर्किट लगाउन प्रयोग
New Office

काठमाण्डौ । सेयर बजारमा कुनै समय नेपाल टेलिकमको सेयर चलाएर बजार प्रभावित पारिन्थ्यो । अहिले त्यो रोग विशाल बजार कम्पनीमा सरेको देखिन्छ । बजारमा खेलाडीहरुले बजार तलमाथि गर्न हाई क्यापिटल भएका कम्पनीहरुमा १० कित्ताले तल माथि गरेका हुन्छन् । जसलाई बोलिचालीको भाषामा हाई क्याप भएका भएका कम्नपी पनि भनिन्छ ।  

अहिलेको ग्रूप ट्रेडिङमा यस्तो प्रवृत्ति झनै मौलाएको छ । एउटै समूहका लगानीकर्ताहरुले आफै किनबेच गरेर बजार नै तलमाथि गर्ने गर्छन् ।  

पछिल्लो समय विशाल बजार कम्पनीको सबै पूँजी नेप्सेमा गणना हुन थाले पछि यो कम्पनी हाई क्यापको श्रेणीमा पर्न थालेको छ । नेप्सेको आजको बजार पूँजीकरण ४१ खर्ब ९९ अर्ब रहेको छ । कम्पनीको बजार पूँजीकारण २ खर्ब २४ अर्ब रहेको छ ।  

नेप्सेमा कम्पनीको हिस्सा ५.३३ प्रतिशत रहेको छ । यहि कारण सेयर बजारमा बीबीसीको १० कित्ता सेयर नेप्सेको २ प्रतिशतको नियम अन्ुसार तल माथि गर्दा पूरै सेयर बजार नै तरंगित हुन्छ । यो कम्पनी पूँजीका आधारमा नेप्सेमा सूचीकृत सबै भन्दा ठूलो कम्पनी हो तर फ्लोटेड सेयर भने सबै भन्दा कम छ । यहि फाइदा उठाएर दोस्रो बजारमा बीबीसी चलाएर सेयरको सूचक सहजै तल माथि गर्ने गरिन्छ । जुन विषयका बारेमा नियामक निकायहरु जानकार नभएका पनि होइनन् । तर नियामकले यस्तो चलखेल रोक्न हालसम्म कुनै प्रयास गरेको पनि देखिदैन ।  

त्यसैगरि दोस्रो ठूलो बजार पूँजीकरण भएको कम्पनी नेपाल रि–इन्स्योरेन्स कम्पनी हो । यो कम्पनीको दोस्रो बजारमा ४.६९ प्रतिशत , नेपाल टेलिकमको ३.४६ प्रतिशत , नबिल बैंकको ३.११ प्रतिशत , नागरिक लगानी कोषको २.७३ प्रतिशत , हिमालयन रि –इन्स्योरेन्सको २.२७ प्रतिशत , ग्लोबल आइएमइ बैंकको २.०८ प्रतिशत र एभरेष्ट बैंकको २.०७ प्रतिशत हिस्सा रहेको छ ।  

प्यानिक बजारमा कसरी हुन्छ बीबीसीको चलखेल ?

प्यानिक अवस्थामा बजार घटाउन बीबीसी तथा नेपाल रि–इन्स्योरेन्स जस्ता कम्पनीको सेयरमूल्यमा बढी चलखेल हुने गर्छ । बिहीबारको बजारमा पनि यस्तै दृश्य देखिन्थ्यो । लामो समयपछि खुलेको बजारमा लगानीकर्ता प्यानिक भएको बेला अपरेटरहरुले बजारमा नेगेटिभ सर्किट लगाउन यी कम्पनीमा बिक्री दबाब दिएको देखिन्थ्यो ।  

फलस्वरुप बिहीबारको कारोबारमा बीबीसीको जम्मा ३४० कित्ताको कारोबारमा सेयरमूल्य १० प्रतिशतले नै घट्यो । जसका कारण सेयर बजारमा प्यानिक सेल भएर बजारमा नेगेटिभ सकिर्ट लाग्न पुग्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.