आईतवार, बैशाख ६,२०८३ 02:18:36
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:18:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओलीको सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरे कुलमानले, विद्युत प्राधिकरणमा को आए ?

Bizshala
ओलीको सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई बर्खास्त गरे कुलमानले, विद्युत प्राधिकरणमा को आए ?
Shivam Cement

काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरण (NEA) मा नेतृत्व परिवर्तन गरेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।

तत्कालीन केपी शर्मा ओलीले कुलमान घिसिंगलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नेतृत्व सुम्पिएका थिए । शाक्यलाई केपी ओलीको सालोको रुपमा पनि चिनिन्छ । उनलाई ओलीको सालो आरोप लगाउँदै जेनजी प्रदर्शनका क्रममा उनको घरमा समेत तोडफोड र आगजनी भएको थियो ।  

ओलीले बर्खास्त गरेका तिनै कुलमान अहिले अन्तरिम सरकारका उर्जामन्त्री छन् । रमाइलो संयोग नै मान्नुपर्छ, कुलमानले पनि ओलीसँग बदला लिँदै उनका सालो नाता पर्ने हितेन्द्रलाई प्राधिकरणबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेर निर्णय गराएका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मन्त्रिपरिषद्को निर्णय अनुसार अब सिलवालले देशकै प्रमुख ऊर्जा संस्थाको कार्यकारी नेतृत्व सम्हाल्ने छन्। उनी यसअघि प्राधिकरणमा विभिन्न पदमा रहेर काम गरिसकेका अनुभवी प्राविधिक मानिन्छन्।

शाक्य विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा विद्युत् आपूर्ति व्यवस्थापन, प्रसारण लाइन विस्तार, तथा ऊर्जा व्यापारसम्बन्धी योजनामा संलग्न रहँदै आएका थिए। तर सरकारको ताजा निर्णयसँगै उनको कार्यकाल अकस्मात अन्त्य भएको छ।

CG Motors
Garima Development Bank
IME remit

सिलवाललाई नियुक्त गर्ने सरकारको कदम ऊर्जा क्षेत्रको नीतिगत प्राथमिकता, आगामी वर्षका चुनौतीहरू, तथा संगठनभित्र नयाँ कार्यशैली आवश्यक रहेको कारणसँग जोडिएको देखिन्छ। प्राधिकरण अहिले जलविद्युत् उत्पादन वृद्धि, भित्र्याइएको विजुलीको आन्तरिक खपत बढाउने रणनीति, तथा भारतलगायत छिमेकी मुलुकहरूसँगको विद्युत् व्यापारलाई तीव्रता दिने तयारीमा छ।

विशेषज्ञहरूको भनाइमा, सिलवालले प्राधिकरणको विगतको अनुभवलाई नयाँ नेतृत्वमा रूपान्तरण गर्दै ऊर्जा सुरक्षासम्बन्धी दीर्घकालीन योजना कार्यान्वयनमा अग्रसर हुने अपेक्षा गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.