बुधबार, बैशाख १६,२०८३ 01:08:07
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 01:08:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न

Bizshala
सानिमा रिलायन्स लाईफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ। लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाण्डौमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा कम्पनीको अध्यक्ष रतनलाल केडिया , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो।

 कार्यक्रमलाई सम्बोधन गर्दे कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न स्थानबाट आएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूलाई स्वागत गर्नुका साथै कम्पनीप्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरुले पुर्याएको योगदानप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरूप्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए । कम्पनीका डेपुटी सीईओ निराजन कंडेलले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीपहरु लगायतका विषयहरूमा बोलेका थिए ।  

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब,आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ।क्लबमा सहभागी हुन वैयक्तिकको डर टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ। तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X