शनिबार, श्रावण ९,२०८३ 08:49:22
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 08:49:22
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

लक्ष्मी सनराइज बैंकको अगुवाईमा दुधकोशी-२ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सह–वित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलासय दुधकोशी—२(जलेश्वर)जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।  

सो आयोजनाको कुल लागत रु. १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

दुधकोशी—२ (जलेश्वर)जलविद्युत आयोजनाले असोज ७, २०७७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा आयु मलुन हाइड्रोपावर कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, श्री विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सह–वित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ । सह–वित्तियकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रुपमा रहेका छन् भने कूल प्रोजेक्ट फाइनान्स रु. १० अर्ब ५० करोड रहने छ ।

सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलोस्वतन्त्र उर्जा उत्पादकको मध्यको रुपमा रहने छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.