बुधबार, श्रावण १३,२०८३ 11:02:37
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:02:37
Bizshala
Global IME Bank Limited

नेपाल रि इन्स्योरेन्सलाई दायित्वको प्रेसर, बीमक संघले माग्यो अग्रिम भुक्तानी

नेपाल रि इन्स्योरेन्सलाई दायित्वको प्रेसर, बीमक संघले माग्यो अग्रिम भुक्तानी
New Office

काठमाण्डौ । भदौ २३ र २४ गते जेनजीहरुको आन्दोलनका कारण निजी सम्पत्तिहरुमा ठूलो क्षति पुगेपछि सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीलाई ठूलो भार पुगेको छ ।  

दाबी भुक्तानीको ओइरो आउन थालेपछि नेपाल रि इन्स्योरेन्स हतोत्साहित बन्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ ।  

यसरी बीमा कम्पनीहरुमा अर्बौ रकम दाबी परेपछि नेपाल रिको दायित्व चुलिँदै गएको हो । निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गर्नका लागि पुनर्बीमा गरेका हुन्छन् । सोही बमोजिम दाबीको ६५ प्रतिशत नेपाल रि ले बेहोर्नुपर्छ भने ३५ प्रतिशत निर्जीवन बीमकहरुले व्यहोर्छ ।  

हालसम्म परेको दाबी अनुसार करिब १५ अर्ब रुपैयाँ नेपाल रि इन्स्योरेन्सले बीमकहरुलाई भुक्तानी गर्नुपर्ने हुन्छ । तर बीमा कम्पनीहरुका अनुसार जेनजी आन्दोलनका कारण २५ अर्ब हाराहारीमा दाबी परिसकेको छ ।  

यस्तो दाबीमा बीमा कम्पनीहरुले ३५ प्रतिशत जोखिम बहन गरेपनि ठूलो मूल्यका बीमालेखमा भने ३० प्रतिशत हाराहारीमा जोखिम कम्पनीहरुले लिएका छन् ।  

नेपाल रि इन्स्योरेन्समा दायित्व चुलिँदै गएपछि कम्पनीका सीइओ सुरेन्द्र थापा मौखिक रुपमा राजिनामा दिएर सम्पर्क बिहिन बन्न पुगेका थिए । स्रोतका अनुसार सीईओ थापाले विहीबारबाट हाजिर गरेका छन् ।

त्यसअघि कर्मचारीसँगको विवादमा परेपछि मौखिक राजिनामा दिएर अर्थात् ‘अब म आउँदिन’ भनेर हिँडेका सीईओ थापा गत बुधबार प्रहरीकहाँ गएर ‘मिलापत्र’ भएको भन्दै बिहिबार हाजिर गर्न आएका हुन् ।

कम्पनीमा हाजिर हुनासाथ नेपाल बीमक संघका पदाधिकारीहरुले शुक्रवार कार्यालयमा पुगेर दाबी भुक्तानी यथाशीघ्र गर्नुपर्ने माग राखेका छन् । बीमाको अग्रिम दाबी भुक्तानी गरिरहेको भन्दै बीमक संघले पुनर्बीमा कम्पनीले पनि त्यसरी नै आफुहरुलाई अग्रिम भुक्तानी दिनुपर्ने माग गरेका छन् ।  

स्रोतका अनुसार पुनर्बीमा कम्पनीले पनि बीमकहरुलाई हालसम्म आएको दाबीको विवरण पठाउन अनुरोध गरेको छ । संघका अध्यक्ष वीरेन्द्र बैदवारले नेपाल रि इन्स्योरेन्सले यथाशीघ्र दाबीको विवरण हेरेर अग्रिम भुक्तानी दिनुपर्ने बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.