काठमाण्डौ । जातीय पूर्वाग्रहपूर्ण अभिव्यक्तिका कारण तीव्र आलोचना खेपेका नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा पछि हट्न बाध्य भएका छन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गरेर लेखेको विवादास्पद फेसबुक स्टाटस परिमार्जन गर्दै जात जनाउने शब्द हटाएका हुन्।
जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीबारे छानबिनका लागि जाँचबुझ आयोग बनेको अवस्थामासमेत सरकार तत्काल कारबाही नगर्ने गृह मन्त्रालयको विज्ञप्तिको विरोध गर्दै थापाले आक्रोशपूर्ण पोस्ट गरेका थिए। सो क्रममा उनले मेयर बालेनको थर समेत उल्लेख गर्दै जातीय रंग भरेको टिप्पणी गरेका थिए।

तर, सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि—जहाँ थापालाई मधेसी समुदायप्रति नश्लीय मानसिकताले ग्रस्त भएको भन्दै तीव्र प्रतिवाद भएको थियो-उनले हतारहतार शब्द हटाएर स्टाटस सच्याएका छन्। यद्यपि, उनको प्रारम्भिक पोस्टको स्क्रिनसट प्रयोगकर्ताले सुरक्षित राखिसकेका छन्।
यस प्रकरणमा मेयर बालेनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।