काठमाण्डौ । माउण्टेन ड्युले ग्रीष्म प्रचार अभियानको थालनी गरेको छ । कम्पनीले आजदेखि यो अभियान एकटिभि विज्ञापनको साथ थालनी गरेको हो ।
जसमा भएको रोमाञ्चकारी स्टण्टहरु र आकर्षक कथासारले उपभोक्ताहरुलाई बाँधी राख्ने कम्पनीले जनाएको छ ।
विज्ञापनको सुरुवात एउटा गोदामबाट आँधीतुफान चलेसँगै सुरु हुन्छ । यो परिस्थितिबाट अञ्जान साथीहरूको एक समूह मस्त भएर क्याम्पिङको मज्जा लिइरहेका हुन्छन् । यसैबीच अनूप विक्रमशाहीको प्रवेश हुन्छ, जसले आफ्नो दूरबिनको सहायताले तीव्र गतिमा बढिरहेको आँधि र त्यसको चपेटामा पर्न गईरहेका आफ्ना साथीहरुलाई देख्छन् । भयँकर आँधी, आगो र अवशेषहरुलाई बेवास्ता गर्दै माउण्टेन ड्युको एक सिप लिएर निडर बन्दै शाहीले आफ्ना साथीहरुलाई त्यस विपत्तिबाट जोगाउँछन् अनि जोशिलो स्टण्टसंगै आँधीको मार्ग पनि बदलिदिन्छन् ।
यी दृश्यहरु शक्तिशाली एसएफएक्सद्वारा दर्शाइएको छ भनें प्रेरणादायी गीतमा चर्चित नेपाली गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।