काठमाण्डौ । सरकारको नियमित मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केही बेरअघि सुरु भएको हो।
बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा अवस्थाबारे विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेका थिए।
तर, मन्त्रिपरिषद् बैठकमा प्रस्तुत हुने एजेन्डाबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।