काठमाण्डौ । नेकपा (एमाले) ले आगामी मंसिरको अन्तिम सातामा महाधिवेशन गर्ने तयारी थालेको छ।
आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालयको बैठकले यस महाधिवेशनको आयोजना गर्ने औपचारिक निर्णय गरेको छ भन्ने जानकारी पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले दिए।
ज्ञवालीका अनुसार, महाधिवेशनको अन्तिम मिति र आयोजना स्थल भने भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्धारण गर्नेछ।
यो महाधिवेशन पार्टीका आगामी राजनीतिक रणनीति र नेतृत्व संरचनाका लागि निर्णायक मोड हुने अपेक्षा गरिएको छ।