काठमाण्डौ । श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको आइपीओमा दोस्रो दिनसम्म ४.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा १ अर्ब १६ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ४ गुणा बढी हो ।
कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु। १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।