काठमाण्डौ । गत भदौ महिनामा भएको जेनजी आन्दोलनका अगुवा तथा गरीखान देउ अभियानका संयोजक मिरज ढुंगानाले दल घोषणा गर्ने भएका छन् । ढुंगानाले कात्तिक १ गते दिउँसो १ बजे कोठमाण्डौको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर दल घोषणा गर्न लागेका हुन् ।
उनले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै राजनीतिक पार्टी गठनबारे जानकारी दिएका हुन् । उनले राजनीतिक दल गठन गरेपनि हालको अवस्थामा निर्वाचनमा जान नसक्ने बताए । ‘जबसम्म हाम्रो बटमलाइन, प्रत्यक्ष प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मतदान गर्ने सुनिश्चतता र भ्रष्ट्राचार नियन्त्रणका लागि नागरिक स्तरको छानबिन समिति गठन नभएसम्म हामी निर्वाचनमा जादैनौं, उनले भने ।
उनले पार्टी गठन वार्ता समिति समेत गठन गरेको जानकारी दिएका छन् ।