काठमाण्डौ । सुन र चाँदीको मूल्यमा भीषण पहिरो जान थालेको छ ।
अन्तराष्टिय बजारको पछिल्लो अपडेटअनुसार सुन र चाँदीको मूल्यमा भीषण पहिरो गएको देखिएको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य पछिल्लो २४ घण्टामा ५.४१ प्रतिशत(२३३ डलर) प्रति औंसले घट्दै ४ हजार १०९ डलरको विन्दूमा आइपुगेको छ ।
यस्तै, सुनभन्दा भीषण पहिरो चाँदीको मूल्यमा गएको देखिएको छ । पछिल्लो अपडेटअनुसार चाँदीको मूल्यमा ८.१८ प्रतिशतको गिरावट आएको छ । योसँगै चाँदीको मूल्य प्रति औंस ४८ डलरको उचाईमा सीमित बन्न पुगेको छ ।
अल्पकालीन रुपमा सुन र चाँदीको मूल्यमा पहिरो गए पनि विगत ३० दिनको अवधिमा भने सुनको मूल्य १६.१० प्रतिशत र चाँदीको मूल्य १९.०२ प्रतिशतले बढेको छ ।