काठमाण्डौ । मेडिलक व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।
आन्दोलनमा कुनैपनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने प्रसाईंले दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात देशमा राजसंस्था र हिन्दु राज्यको अन्त्य भएको र एनजीओ र आईएनजीओका सरकारहरू चलेको उनले आरोप लगाए ।
विदेश गएकाहरुको फिर्ती र धर्म जोगाउने उद्देश्य स्वरुप आन्दोलन गर्न लागिएको उनले स्पष्ट पारे । उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न समेत आग्रह गरे। मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए।
यस्तै आन्दोलनलाई अवज्ञा गर्दै पसल खोले तोडफोड भएमा, गाडी फुटाएमा वा आगो लगाएमा त्यसको जबाफदेही नहुने समेत बताए ।

