बुधबार, असार १०,२०८३ 05:51:57
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:51:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भगवति हाईड्रोपावरको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

Laxmi Sunrise Bank Limited
भगवति हाईड्रोपावरको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले गत आवका लागि प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । गत कात्तिक २ गते सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाबाट आव २०८१÷८२ का लागि ६ प्रतिशत नगद लाभांश (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) अनुमोदन भएको थियो ।    

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश कात्तिक १६ गतेदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्‌नो सेयर अभौतिकीकरण नगराएका भएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक र वित्तीय संस्थाको स्वीकृति पत्र यस कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्नुहुन समेत कम्पनीले आग्रह गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.