आईतवार, कार्तिक १,२०८३ 10:01:49
  • आईतवार, कार्तिक १,२०८३ 10:01:49
Global IME Bank Limited

अपि पावरद्वारा आफ्नै केन्द्रीय कार्यालय ‘अपि टावर’को निर्माण सुरु

Bizshala
अपि पावरद्वारा आफ्नै केन्द्रीय कार्यालय ‘अपि टावर’को निर्माण सुरु
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाण्डौ उपत्यकाको मुटुमा पर्ने नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो ।  

अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शुक्रबार सम्पन्न सिलान्यास कार्यक्रममा कम्पनीकी अध्यक्ष सिर्जना खड्काले भवनलाई कम्पनीको ऐतिहासिक उपलब्धि भन्दै यसले ‘अपि पावरको संस्थागत पहिचानलाई अझ मजबुत बनाउने’ बताइन्।

नवीकरणीय ऊर्जामा दुई दशकको यात्रा

विसं २०५९ मा स्थापना भएको अपि पावर कम्पनी अहिले नेपालका निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये अग्रपंक्तिमा रहेको छ। कम्पनीले हालसम्म ५६.५ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ। कम्पनीले आफ्नो पहिलो ठूलो सफलता दार्चुलाको ८.५ मेगावाट नौगड गाढ जलविद्युत आयोजना केवल १७ महिनामा सम्पन्न गरेर देखाएको थियो — जसले नेपालका दुर्गम क्षेत्रहरूमा बिजुली पुर्‍याउने ऐतिहासिक काम गरेको थियो।

विस्तार र विविधीकरणको दिशा

हाल कम्पनीले दार्चुलामा ८ मेगावाटको अप्पर नौगड गाढ र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री हुँदै आएको छ।

त्यस्तै कम्पनीले ऊर्जा मिश्रणको सरकारी नीतिअनुसार सौर्य ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी गरेको छ। कम्पनीका चन्द्रनिगाहपुर (४ मेवा), ढल्केबर (१ मेवा) र सिमरा (१ मेवा) सौर्य आयोजना सञ्चालनमा छन् भने परवानीपुर (८ मेवा) सौर्य आयोजना निर्माणाधीन अवस्थामा छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

लगानी र सहायक कम्पनीहरू

अपि पावरले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै विभिन्न कम्पनीहरूमा साझेदारी गरेको छ। कम्पनीको २५ प्रतिशत लगानी रहेको ९.७ मेगावाट माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना (पाँचथर) संचालनमा छ, जसको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ।

त्यसैगरी कम्पनीले ५९.६७ प्रतिशत सेयर खरिद गरी नियन्त्रणमा लिएको सूर्यकुण्ड हाईड्रोइलेक्ट्रिक लिमिटेडबाट नुवाकोटको ११ मेगावाट माथिल्लो तादी खोला आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याएको छ, र अब यस कम्पनीको सेयर पनि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको अन्तिम तयारीमा छ।

अपि पावरले दार्चुला पावर लिमिटेडको बहुमत सेयर खरिद गरी २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन २० महिनाभित्र सम्पन्न हुने लक्ष्य छ।

त्यसका अतिरिक्त कम्पनीले नुवाकोटको त्रिशुली गल्छी (३० मेवा) र दार्चुलाको न्वागाढ (९.७ मेवा) जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले आफ्नो २१औं वार्षिक साधारण सभाको निर्णयअनुसार नयाँबानेश्वरमा अपि टावर निर्माण गर्ने निर्णय गरेको हो। भवनमा अपि पावर कम्पनी र यसको सहायक कम्पनीहरूका कार्यालय रहनेछन्।

कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने, ‘अपि टावर केवल भवन होइन, यो हाम्रो लगानीकर्ताहरूको साझा सम्पत्ति हो — जसले कम्पनीमा पारदर्शिता, स्थायित्व र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ।’

उनका अनुसार यो भवन आफ्नै लगानीमा बन्ने निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये दुर्लभ उदाहरण हो।

कम्पनीका अधिकारीहरूका अनुसार अपि पावरले आगामी वर्षहरूमा जलविद्युत र सौर्य दुवै क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजना बनाएको छ।

अध्यक्ष सिर्जना खड्का भन्छिन्, ‘हाम्रो लक्ष्य केवल विद्युत उत्पादनमा सीमित छैन, हामी दीगो ऊर्जा प्रवर्द्धन, लगानीकर्ताको हित सुरक्षा र देशको ऊर्जा आत्मनिर्भरता सुनिश्चित गर्न प्रतिबद्ध छौं।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.