काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनाका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति समेत गरिसकेको छ ।

