शुक्रबार, श्रावण २२,२०८३ 10:24:28
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:24:28
Bizshala
Global IME Bank Limited

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो
New Office

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ३७.३२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि १८.९२ प्रतिशतले बढेको छ । संस्थाले ३३ करोड ३९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ८१लाखबाट घटेर ३ करोड ३० लाखमा सीमित बनेको छ ।  

संस्थाको कुल सञ्चालन आम्दानी २५ करोड ७७ लाख र सञ्चालन मुनाफा ८ करोड १६ लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आवमा २३ करोड ७५ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर ३५ लाख ५८  हजारमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार भने १ अर्ब ७६ करोडबाट बढेर २ अर्ब ५ करोड पुगेको छ ।    

पहिलो त्रैमाससम्ममा १० अर्ब ३४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २० अर्ब ३३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा २३ करोड ७५ लाख रुपैयाँबाट घटेर ३५ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ । यसरी संस्थाको वितरणयोग्य मुनाफा ९८.५० प्रतिशतले घटेको छ । संस्थाको वितरणयोग्य प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको खराब कर्जा अनुपात ७.३८ प्रतिशतबाट बढेर ८.२० प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १९.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७१.७क्ष्९ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७४.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.५० गुणा र तरलता अनुपात ६.०८ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.