काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ३७.३२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि १८.९२ प्रतिशतले बढेको छ । संस्थाले ३३ करोड ३९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ८१लाखबाट घटेर ३ करोड ३० लाखमा सीमित बनेको छ ।
संस्थाको कुल सञ्चालन आम्दानी २५ करोड ७७ लाख र सञ्चालन मुनाफा ८ करोड १६ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा २३ करोड ७५ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर ३५ लाख ५८ हजारमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार भने १ अर्ब ७६ करोडबाट बढेर २ अर्ब ५ करोड पुगेको छ ।
पहिलो त्रैमाससम्ममा १० अर्ब ३४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २० अर्ब ३३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको वितरणयोग्य मुनाफा २३ करोड ७५ लाख रुपैयाँबाट घटेर ३५ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ । यसरी संस्थाको वितरणयोग्य मुनाफा ९८.५० प्रतिशतले घटेको छ । संस्थाको वितरणयोग्य प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको खराब कर्जा अनुपात ७.३८ प्रतिशतबाट बढेर ८.२० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १९.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७१.७क्ष्९ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७४.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.५० गुणा र तरलता अनुपात ६.०८ प्रतिशत कायम भएको छ ।

