काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०२३.१५ प्रतिशतले बढेको छ । संस्थाले गत आवको पहिलो त्रैमाससम्म १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १० लाख ३४ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ३७.०९ प्रतिशतले वृद्धि भएको छ । संस्थाले ४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी ५ करोड ३२ लाख र सञ्चालन मु्नाफा १ करोड ६५ लाख रुपैयाँ पुगेको छ । पहिलो त्रैमाससम्म संस्थाको निक्षप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । निक्षेप संकलन ४४ करोड ५२ लाख रुपैयाँबाट बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह पनि २ अर्ब ३ करोडबाट बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा २५ लाख ५६ हजार रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ८० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भमा ८ करोड ६४लाख रुपैयाँ सञ्चित छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा २ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात ४.९३ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.३२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६९.०४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४७.४२ गुणा र तरलता अनुपात ९.४३ प्रतिशत कायम भएको छ ।

