बिहीबार, आश्विन १,२०८३ 02:31:42
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:31:42
Bizshala
Global IME Bank Limited

अपि पावरले कमायो २६.२७ करोड खुद नाफा, ईपीएस बढ्यो

अपि पावरले कमायो २६.२७ करोड खुद नाफा, ईपीएस बढ्यो
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६० प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.७८ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म २ हजार रुपैयाँ अन्य आम्दानी र ७७ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ ।  

कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६ हजार , बिक्री÷वितरण खर्च ५ करोड ९२ लाख , ह्रासकट्टी खर्च १० करोड ५५ लाख र वित्त खर्च ११ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च १८ करोड ६८ लाख थियो ।  

६ अर्ब ७ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८२ करोड ६६ लाख र कुल चालु दायित्व १ अर्ब ६९ करोड रुपेयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा १२.५६ रुपैयाँ रहेको ईपीएस १७.३० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.६२ गुणा र तरलता अनुपात ०.४९ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.