काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६० प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.७८ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म २ हजार रुपैयाँ अन्य आम्दानी र ७७ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६ हजार , बिक्री÷वितरण खर्च ५ करोड ९२ लाख , ह्रासकट्टी खर्च १० करोड ५५ लाख र वित्त खर्च ११ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च १८ करोड ६८ लाख थियो ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८२ करोड ६६ लाख र कुल चालु दायित्व १ अर्ब ६९ करोड रुपेयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा १२.५६ रुपैयाँ रहेको ईपीएस १७.३० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.६२ गुणा र तरलता अनुपात ०.४९ प्रतिशत कायम भएको छ ।

