काठमाण्डौ । आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा १ करोड ५५ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २४ लाख ६१ हजार घाटामा रहेको थियो ।
यो अवधिमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.१६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १ लाख ८८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च १ करोड २८ लाख, र बिक्री तथा वितरण खर्च ४९ लाख ८२ हजार रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ५२ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड ३९ लाख र कुल चालु दायित्व २६ करोड ५४ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.६१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.०९ रुपैयाँ र तरलता अनुपात २.२४ प्रतिशत कायम भएको छ ।

