नेपाल रिपब्लिक मिडियाले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

