शनिबार, फाल्गुन १०,२०८१ 04:29:45
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:29:45
IME remit
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडियाको नाफा २८८.२३% ले बढ्यो, ईपीएस कति ?

Hyundai Nepal
नेपाल रिपब्लिक मिडियाको नाफा २८८.२३% ले बढ्यो, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड ४० लाख ७७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म यो मुनाफा आर्जन गरेको हो । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा २८८.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

 चौथो त्रैमाससम्म कम्पनीले १८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.३० प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २२ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले ८५ लाख ५२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ५ करोड ६० लाख, आईपीओ खर्च ३८ लाख र बिक्री तथा वितरण खर्च ,१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा १६ करोड ९३ लाख र दीर्घकालिन कर्जा ११ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति ६७ करोड २९ लाख र कुल चालु दायित्व ३२ करोड ९९ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८.७७ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.३९ रुपैयाँ र तरलता अनुपात २.०४ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.