काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको कम्पनी सचिवमा मनुजा देवकोटा नियुक्त भएकी छन् । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले देवकोटालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले यसअघिका कम्पनी सचिव मदन अर्यालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।