सोमबार, भाद्र २,२०८२ 08:05:13
IME remit
  • सोमबार, भाद्र २,२०८२ 08:05:13
IME remit
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडियाको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?

Hyundai Nepal
नेपाल रिपब्लिक मिडियाको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?
Shivam Cement

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया दोस्रो बजारमा सूचिकृत एक मात्रै मिडिया कम्पनी हो । सन् २००९ मा स्थापित यो कम्पनीले नेपाली र अंग्रेजी भाषामा दैनिक तथा साप्ताहिक रुपमा पत्रपत्रिका  प्रकाशन गर्ने गर्छ । यो कम्पनीले विसं २०८० जेठ २६ गतेबाट असार १ गतेसम्म आम सर्वसाधारणमा आईपीओ जारी गरेको थियो ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १० करोड ९३ लाखले ऋणात्मक अवस्थामा छ ।  

यस्तै, कम्पनीको कुल पूँजी ८५ करोड ८१ लाख रुपैंयाँ रहेको छ । कम्पनीको खुद मूनाफा १४ लाख ३८ हजार रुपैंयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ पैसाँ रहेको छ भने बुक भ्यालु ८८.७० रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी ०.१७ प्रतिशत मात्रै रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आभारमा यो कम्पनीको सेयर हाल इन्टर मिडियट लेभलको चौंथो वेभमा चलेको छ । यसकारण चौंथो वेभको करेक्सनमा यो कम्पनीको सेयर मूल्यमा करेक्सन भएर ५ सय रुपैंयासम्म पनि आउन सक्छ । त्यसपछिको पाँचौ वेभमा यो कम्पनीको सेयर भ्यालु पुनः बढेर प्रतिकित्ता ६७५ सम्म पुग्न सक्छ ।  

फियर एण्ड ग्रीड इन्डेक्सको आधारमा  

यस आधारमा यो कम्पनीको सेयर मूल्य ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ६१३ रुपैंया रहेको छ भने न्यून मूल्य ४०६ रुपैंया रहेको छ । यस ५५.०१ प्रतिशत संस्थापक र करिब ४५ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ । कम्पनीको सेयर ब्रोकर नम्बर ९६,२८ र ७१ बाट उच्च होल्डिङ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी अपर ब्याण्डमा आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले कम्पनीको सेयर मूल्यमा अल्पकालिन करेक्सनको अधिक सम्भवना रहन्छ । लिडिङ इन्डिकेटर आरएसआईबाट नियाल्दा ओभर बट जोनबाट खसेर हाल ६६ को तहमा चलको देखिन्छ । म्याक्डीमा भने बुलिस क्रसओभर नै रहेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर मूल्यमा अल्पकालिन करेक्सन चल्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ६०३

प्रतिरोध २ – ५५४

प्रतिरोध १–  ५२०

पिभट् प्वइन्टः ४७६

घटेमा सपोर्ट 

सपोर्ट १– ४७३

सपोर्ट २– ४३७

सपोर्ट  ३ –३५४

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी निकै कमजोर अबस्थामा देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी जम्मा १५ पैसा रहेको छ भने बुक भ्यालु ८८ रुपैयाँ मात्रै रहेको छ । कम्पनीको जगेडा कोष पनि ऋणात्मक रहेको छ ।  

रिर्टन अन इक्विटी ०.१५ प्रतिशत मात्रै रहेको छ । प्राविधिक रुपमा भने यो कम्पनी फियर एण्ड ग्रीड इन्डेक्समा बुलिस सेन्टिमेन्ट रहेको छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर मूल्यमा अल्पकालिन करेक्सन चलेको देखिन्छ ।  

यद्यपी इलिअट वेभबाट नियाल्दा यो कम्पनीको सेयरमूल्य एकपटक करेक्सन भएर ६७५ रुपैंयासम्मको हाई बनाउन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.