काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सो बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

