बुधबार, असार १८,२०८२ 04:35:44
  • बुधबार, असार १८,२०८२ 04:35:44
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल

Hyundai Nepal
नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटा कम गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.४१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।  

तेस्रो त्रैमाससम्म कम्पनीको खुद आम्दानीमा भने ३०३.२४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो अवधिसम्म ९ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद आम्दानी २ करोड २७ लाख रुपैयाँमा सीमित थियो । कम्पनीको प्रशासनिक खर्च ४ करोड २४ लाख र बिक्री तथा वितरण खर्च १ करोड ८ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३८ लाख र दीर्घकालिन कर्जा २२ करोड ८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति ६४ करोड २५ लाख र कुल चालु दायित्व १८ करोड ६५ लाख रुपैयाँ छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.