शुक्रबार, श्रावण २९,२०८३ 09:11:35
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 09:11:35
Bizshala
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल

Prabhu Bank Limited
नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल
New Office

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटा कम गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.४१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।  

तेस्रो त्रैमाससम्म कम्पनीको खुद आम्दानीमा भने ३०३.२४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो अवधिसम्म ९ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद आम्दानी २ करोड २७ लाख रुपैयाँमा सीमित थियो । कम्पनीको प्रशासनिक खर्च ४ करोड २४ लाख र बिक्री तथा वितरण खर्च १ करोड ८ लाख रुपैयाँ रहेको छ ।  

CG Motors

कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३८ लाख र दीर्घकालिन कर्जा २२ करोड ८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति ६४ करोड २५ लाख र कुल चालु दायित्व १८ करोड ६५ लाख रुपैयाँ छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X