काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाका निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) उज्जवल कुमार तिमिल्सिनाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
कम्पनीको सञ्चालक समितिको साउन २६ गते साँझ बसेको बैठकले तिमिल्सिनाको राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।
तिमिल्सिनाले कार्यव्यस्तताको कारण देखाउँदै निमित्त प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए। कम्पनीले उनको राजीनामा सञ्चालक समितिको निर्णयअनुसार स्वीकृत गरिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।