काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्जवल तिमल्सिनाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको साउन २६ गते बसेको बैठकले तिमल्सिनाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
कार्यव्यस्तताका कारण तिमल्सिनाले प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए।
यसैबीच, कम्पनीको साउन २८ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले प्रतिक उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ। उपाध्यायको नियुक्ति साउन २९ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।