काठमाण्डौ । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री यही मंसिर १४ गतेदेखि हुने भएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको छ । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकार्य माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा माछापुुच्छ्रे क्यापिटल रहेको छ।
यो योजनाको कुल आकार ५ करोड इकाई रहेको छ । जसमध्ये प्रथम चरणमा २ करोड इकाई निष्कासन गर्न लागिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।