काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा राज बहादुर शाहले व्यक्तिगततर्फ सर्वाधिक कर तिरेका छन् । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत शाहलाई सम्मान गरेको छ ।
अर्थ मन्त्री रामेश्वर खनालले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेका हुन्। जसमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक तथा वित्तीय संस्थामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, बस्तुगत आयकरतर्फ डाबर नेपाल सूचना प्रविधितर्फ भेरिक्स नेपाल प्रालि, निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि एवम् पशुजन्यतर्फ पोषक ब्रिडर, स्वास्थ तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टीहोटेल र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट रहेका छन् ।
यस्तै मध्यस्तरीय करदातातर्फ सिडियस एण्ड क्लियरिङ् लिमिटेड, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी र रेमिटेन्स कम्पनीतर्फ आइएमई रहेका छन् ।
मूअक समयमा तिर्नेमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, ५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये भिएफ सर्भिसेज र विशेष उद्योगतर्फ युनिलिभर नेपाल सम्मानित भएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।