आईतवार, श्रावण ३,२०८३ 03:41:41
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:41:41
Bizshala
Global IME Bank Limited

एनआरएन र शिवम् सिमेन्ट्सको मूल्य समायोजन, कति-कति कायम भयो ?

एनआरएन र शिवम् सिमेन्ट्सको मूल्य समायोजन, कति-कति कायम भयो ?
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन) र शिवम् सिमेन्ट्स लिमीटेडको सेयरमूल्य समायोजन गरिएको छ ।  

नेप्सले यी दुवै कम्पनीको बोनस सेयर प्रयोजनका लागि दोश्रो बजार मूल्य समायोजन गरेको हो ।  

एनआरएनले घोषणा गरेको ४० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भई प्रतिकित्ता १ हजार ३८२.२१ रुपैयाँ कायम भएको छ । मूल्य समायोजनअघि यो कम्पनीको दोश्रो बजार मूल्य प्रतिकित्ता रु. १ हजार ९३५.१० रहेको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन पनि रहेको थियो।  

एनआरएनले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोजको मिति घोषणा गरेको थियो ।  

एनआरएनले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि २२ औं वार्षिक साधारणसभा बोलाएको छ ।  

उता, शिवम् सिमेन्टको पनि आज सेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले घोषणा गरेको २.५० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरी प्रतिकित्ता ६१५.४० रुपैयाँबाट ६००.३९ रुपैयाँ कायम भएको हो । 

शिवम् सिमेन्टले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।  कम्पनीले मंसिर २५ गते साधारणसभा बोलाएको छ । यसको बुक क्लोज मिति पनि मंसिर ११ नै तोकिएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.