काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.८४ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६५.६४ रुपैयाँ र बिक्रीदर १६६.३३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८९.०८ रुपैयाँ र बिक्रीदर १८९.८८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.५६ रुपैयाँ र बिक्रीदर ९३.९५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.८९ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.१९ रुपैयाँ र बिक्रीदर २०.२७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.५७ रुपैयाँ र बिक्रीदर ३४.७१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.२० रुपैयाँ र बिक्रीदर ३९.३६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७३ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६५.४० रुपैयाँ र बिक्रीदर ४६७.३५ रुपैयाँ कायम भएको छ ।

