Bizshala
  • मंगलवार, असार २३,२०८३ 07:45:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया पुनः सुरु, अदालतको आदेशपछि बोर्ड अगाडि बढ्यो

Laxmi Sunrise Bank Limited
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया पुनः सुरु, अदालतको आदेशपछि बोर्ड अगाडि बढ्यो

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले करिब एक वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (IPO) प्रकृयालाई पुनः अघि बढाउन अनुमति दिएको छ। बोर्डले मंगलबार उच्च अदालत पाटनले जारी गरेको परमादेशलाई कार्यान्वयन गर्दै कम्पनीलाई शेयर निष्कासनको बाटो खुलेको औपचारिक जानकारी दिएको हो।

New Office
CG Motors
Garima Development Bank

बोर्डले निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लाई पठाएको पत्रमा अदालतको आदेशलाई उद्धृत गर्दै भनेको छ कि, “उच्च अदालत पाटनबाट २०८१ असार १२ मा प्राप्त स्वीकृति बमोजिम रिलायन्स स्पिनिङ मिल्सको शेयर निष्काशन सम्बन्धी प्रक्रिया कानुनी प्रावधानअनुसार अघि बढाउन” निर्देशन प्राप्त भएकाले अब आईपीओ प्रकृया सुरु गर्न सकिने छ।

एक वर्षअघि सुरू गरिएको आईपीओ प्रक्रिया पुनः सक्रिय

रिलायन्स स्पिनिङ मिल्सले लगभग एक वर्षअघि नै साधारण लगानीकर्ताका लागि प्रति सेयर रु. ८२०.८० को दरमा आईपीओ ल्याउने तयारी गरेको थियो। सो क्रममा संस्थागत लगानीकर्ताले भने प्रति सेयर रु. ९१२ मा लगानी गरिसकेका छन्। तर कानुनी विवादका कारण सर्वसाधारणका लागि जारी गर्ने प्रक्रिया रोकिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अब बोर्डको स्वीकृति भएसँगै कम्पनीले कानुनी चरणहरू क्रमशः पूरा गर्दै अघि बढ्नेछ।

पहिला:

-वैदेशिक रोजगारीमा रहेका नेपालीहरू (FERN) का लागि श्रम स्वीकृति (Approval for Migrant Workers Quota)

-त्यसपछि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी हुनेछ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो निजी औद्योगिक घराना गोल्याण समूह अन्तर्गत पर्ने कम्पनी हो। हाल यो कम्पनीको नेतृत्व तेस्रो पुस्ताका उद्यमी अक्षय गोल्याण ले सम्हालिरहेका छन्। कम्पनीले पछिल्लो केही वर्षमा आफ्नो उत्पादन क्षमता विस्तार, प्रविधि आधुनिकीकरण र निर्यात बजार विस्तारमा उल्लेखनीय काम गर्दै आएको छ, जसले आईपीओ प्रकरणलाई लगानीकर्ताबीच थप चासोको विषय बनाएको छ।

कानुनी अड्चन हटेसँगै लगानीकर्ताको ध्यान पुनः रिलायन्सतर्फ

अदालतबाट प्रष्ट निर्देशन आएपछि अब रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बजारमा आउने सुनिश्चित भएको छ। लामो समयदेखि प्रतीक्षारत लगानीकर्ताहरूको बीचमा यसले पुनः उत्साह जगाएको छ। कम्पनीको मूल्यांकन, संस्थागत लगानीकर्ताले भुक्तानी गरेको दर, र कम्पनीको वित्तीय पृष्ठभूमि हेर्नेतर्फ अब लगानीकर्ताको ध्यान केन्द्रित हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.