Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:44:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचन आयोगले आज समानुपातिकतर्फका दलहरूको अन्तिम नामावली सार्वजनिक गर्दै

Laxmi Sunrise Bank Limited
निर्वाचन आयोगले आज समानुपातिकतर्फका दलहरूको अन्तिम नामावली सार्वजनिक गर्दै

काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावमा सहभागी हुन दर्ताका लागि निवेदन दिएका राजनीतिक दलहरूको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ। आयोगले सोही दिन सम्बन्धित दलहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म दलहरूलाई नाम फिर्ता लिन दिने समय रहेकामा कुनै पनि दलले नाम फिर्ता लिन अनुरोध गरेको छैन। यसपटक समानुपातिक प्रणालीमार्फत चुनावमा सहभागी हुन ९३ राजनीतिक दलले निवेदन दिएका छन्। आयोगले ती निवेदनको छानबिन पूरा गरी दर्ता योग्य दलहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

New Office
CG Motors
Garima Development Bank

नामावली प्रकाशनपछि दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गर्न करिब दुई साताको समय पाउनेछन्। आयोगका अनुसार बन्दसूची पुस १३ गतेभित्र बुझाइसक्नुपर्नेछ।

यसअघि आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको चुनाव कार्यक्रम माघ ६ गतेदेखि लागू हुने छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.