उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको छ। आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यतामाथि आज उजुरी दिन सकिनेछ।आयोगका अनुसार प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ गरी माघ ८ गते साँझ ५ बजेसम्म निर्णय गरिनेछ र...

