आईतवार, आश्विन १८,२०८३ 11:26:51
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:26:51
Bizshala
Global IME Bank Limited

आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म

Bizshala
आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म
New Office

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अधिकतम खर्च सीमा निर्धारण गरेको छ । 

आयोगले देशका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक सुगमता र दुर्गमताका आधारमा ५ श्रेणीमा वर्गीकरण गरी २५ लाखदेखि ३३ लाखसम्मको सीमा तोकेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सुगम मानिएका क्षेत्रहरूमा न्यूनतम २५ लाखको सीमा लागू हुनेछ । यसमा काठमाडौंका क्षेत्र नम्बर १, ३, ६, ७ र ८ पर्छन् । त्यस्तै, २७ लाख सीमाका १७ क्षेत्रमा काठमाडौंका २, ४, ५, ९ र १० नम्बर क्षेत्रका साथै पर्साका १, २, ३; ललितपुरका १, २, ३; भक्तपुर २ र कास्की २ समावेश छन् ।

६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख र सबैभन्दा दुर्गम २६ क्षेत्रमा ३३ लाख खर्च गर्न पाइने व्यवस्था छ । ३३ लाख सीमा लागू हुने क्षेत्रहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेका १ र २, मकवानपुरका १ र २, गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २, सल्यान १ तथा हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका क्षेत्रहरू छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नं. ५ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा क्षेत्र नं. १ मा ३१ लाखको सीमा तोकिएको छ ।

आयोगले चाँडै नै यससम्बन्धी औपचारिक सूचना जारी गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेकाले भड्किलो र अत्यधिक खर्चलाई नियन्त्रण गर्ने उद्देश्यले यो सीमा निर्धारण गरिएको हो । निर्वाचन मिति अनिश्चितताका बीच पनि विभिन्न दलहरूले सोमबार समानुपातिक बन्दसूची बुझाइसकेका छन् । यो व्यवस्थाले निर्वाचनलाई पारदर्शी र नियन्त्रित बनाउने अपेक्षा गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.