Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:29:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Laxmi Sunrise Bank Limited
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको छ। आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यतामाथि आज उजुरी दिन सकिनेछ।

आयोगका अनुसार प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ गरी माघ ८ गते साँझ ५ बजेसम्म निर्णय गरिनेछ र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

New Office
CG Motors
Garima Development Bank

यसअघि देशभरका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालयमा मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। हालसम्म कुल २,९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समावेशीताको दृष्टिले हेर्दा दर्ता उम्मेदवारमध्ये ३३६ महिला र २,५८९ पुरुष छन्। यस्तै अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रका १३८ जना उम्मेदवार रहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.