मंगलवार, बैशाख १,२०८३ 11:19:55
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 11:19:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई दुई लाख जरीवाना वा तीन वर्ष कैद

Bizshala
निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेलाई दुई लाख जरीवाना वा तीन वर्ष कैद
Shivam Cement

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिदै गर्दा निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै प्रकारको अवरोध नपुर्याउन चेतावनी दिएको छ। आयोगका अनुसार, हालै विभिन्न राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने घटनाको उजुरी प्राप्त भएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निर्वाचन आचारसंहिता, २०८२ अनुसार, कुनै पनि दल, उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, बैठक वा कार्यक्रममा विघटन वा बाधा पुर्याउन पाउँदैन। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार निर्वाचन प्रचारप्रसार वा मतदान अधिकार प्रयोग गर्न रोक लगाउने कार्यमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद, वा दुबै सजाय हुन सक्ने आयोगले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

आयोगले सबै राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सरोकारवाला नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्न आग्रह गरेको छ। आयोगले भनेको छ, ‘निर्वाचनसम्बन्धी कुनै पनि अवरोध पुर्याउने कार्य गर्न नहुनेछ र उल्लङ्घन भए कानूनी कारवाही हुनेछ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.