काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको सिलसिलामा तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले आइतबार सरकारलाई पत्राचार गर्दै फागुन २०, २१ र २२ गते बिदा घोषणा गर्न प्रस्ताव गरेको हो ।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान तय भएको अवस्थामा मतदान प्रक्रियालाई सहज, व्यवस्थित र सुरक्षित बनाउन बिदा आवश्यक रहेको आयोगको तर्क छ। आयोगको सिफारिसबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।

